
दैलेखः स्थानीय तहको निर्वाचनको मिति आउन १ महिना बाँकी रहँदा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूलाई उम्मेदवार छान्न सकस देखिएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पार्टीबाट उम्मेदवारका धेरैले आकाक्षा देखिएपछि उनिहरूलाई उम्मेदवार छान्न सकस देखिएको हो ।
११ वटा स्थानीय तह, ९० वडा रहेको दैलेखमा नेकपा एमालेले मंगलबारसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा मेयरका उम्मेदवार, नारायण नगरपालीकामा उपप्रमुखका उम्मेदवार र डुङ्गेश्वर गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार सर्वसहमत चयन गरेको छ ।
तीन स्थानीय
तहबाट सिफारिस
एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबारसम्म दैलेखका ११ स्थानीय तह मध्ये तीन वटा स्थानीय तहबाट उम्मेदवार सिफारिस गरेको जनाएको छ । दुल्लू नगरपालिका, आठबिस नगरपालिका र डुङ्गेश्वर गाउँपालिका गरी तीन वटा स्थानीय तहबाट प्रमुख उपप्रमुखका उम्मेदार सिफारिस गरेको हो ।
नगर प्रमुखका उम्मेदवार छनोटकालागि एमाले दुल्लु नगर कमिटीले (मंगलबार) गरेको निर्वाचन प्रक्रियाबाट रुद्र शाही र हर्क बहादुर खड्काको नाम नगर प्रमुखका लागि सिफारिस गरेको छ । सर्व सहमतिका माध्यमबाट मेयरका उम्मेदवार टुंग्याउने भने पनि आकांक्षीहरूको संख्या धेरै भएकाले उम्मेदवार छनोटका लागि निर्वाचन भएको र पहिलो नम्बरमा रुद्र शाही दोस्रो नम्बरमा हर्क बहादुर खड्का निर्वाचित भई सिफारिस हुनुभएको एमाले दैलेखका सहसचिव गंगाराम दाहालले बताए ।
एमालेबाट दुल्लू नगर प्रमुखको उम्मेदवारी छनोटका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । ६ जना मध्ये रुद्र शाहीले ५६ मत ल्याउदै पहिलो नम्बरमा र हर्क बहादुर खड्काले ३३ मत प्राप्त गर्दै दोस्रो नम्बरमा सिफरिस भएका हुन् ।
उपप्रमुखका लागि रेणु भट्टराई पहिलो नम्बरमा सिफारिस भएकी छन् भने बिना कार्की र बिस्ना थापा पनि उपप्रमुखका लागि सिफारिस भएकी छन् । उपप्रमुख छनोटका लागि ७ जना निर्वाचन प्रक्रियामा सहभागी भएका र भट्टराईले ३३ मत प्राप्त गर्दै पहिलो नम्बरमा सिफारिस भएकी हुन् ।
नारायण नगरपालिकाको उपप्रमुखका लागि तप्ता कुमारी थापा सर्वसम्मत चयन भएकी छन् । नारायण नगर कमिटीको मंगलबार बसेको बैठकले थापालाई उपप्रमुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले बताए ।
एमालेको तर्फबाट आठबिस नगरपालिकाका प्रमुखका लागि दुई जनाको नाम सिफारिस भएको जनाइएको छ । पहिलो नम्बरमा तर्क बहादुर बडुवाल र दोस्रो नम्बरमा खड्कराज उपाध्याय नगर प्रमुखका लागि सिफारिस भएका पार्टी कार्यालय सचिव उपाध्यायले बताए ।
डुङ्गेश्वर गाउँपालिकाबाट अध्यक्षका उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको जनाइएको छ । अध्यक्षका उम्मेदवारका लागि मान बहादुर बिष्ट, सुन्दर कुमार केसि र बिष्णु जैसी गरि तीन जनाको नाम सिफारिस भएको हो ।
यस अघि एमालेले यहाँको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर पदको उम्मेदवारका लागि जिल्ला विकास समिति दैलेखका पूर्व उप सभापति सूर्य बहादुर शाहीलाई चयन गरिसकेको छ ।
काँग्रेस भैरवी गाउँपालिका कार्यसमितिका सभापति हेमलाल जैसीका अनुसार काँग्रेसबाट हिमलाल जैसी, जग्गेबहादुर शाही, रिता शाही र जनार्दन ज्ञवली गरी पाँच जनाले आकांक्षा देखाएका छन् ।
दुल्लू नगरपालिका प्रमुख र उपप्रमुखका लागि काँग्रेसले तीन÷तीन जनाको नाम सिफारिस गरेको छ । नगर कार्यसमिति सभापति लालबहादुर रावतका अनुसार नगर प्रमुखका उम्मेदवारका लागि भरत रिजाल, सुमित्रा शाह र मातृका रिजालको नाम सिफारिस गरिएको बताए ।
उप–प्रमुखका लागि पनि तिन जनाको नाम सिफारिस गरिएको दुल्लू काँग्रेसले जनाएको छ । दुर्गा लम्साल, कृष्णा कुमारी शाही र बसन्ता कार्कीको नाम उप–प्रमुखका लागि सिफारिस गरिएका छ ।
एमाले जिल्ला पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायका अनुसार हालसम्म चामुण्डाविन्द्रासैनी गनरपालिका मेयरका उम्मेदवार सर्वसहमतिका मध्यबाट गरिएको र अन्य तीन वटा स्थानीय तहबाट नाम सिफारिस भएको बताए ।
‘हालसम्म एमालेका तर्फबाट एक नगरपालिकामा मेयरका उम्मेदवार सर्वसहमतिका माध्यामबाट चयन गरिएको छ, अन्य तीन वटा स्थानीय तहबाट आकाँक्षीको नाम सिफारिस भएको छ, अन्य पालिकामा छनोटको कार्य तिव्र गतिमा चलि रहेको छ’, उनले भने ।
काँग्रेस जिल्ला सभापति मणिराम रेग्मीले स्थानीय तहबाट उम्मेदवारका आकांक्षाको विवरण आउने क्रमः जारी रहेको बताए । ‘उम्मेदवारका लागि आकांक्षा धेरैको छ, सहमतिका लागि जिल्लामै प्रयास गछौँ, जिल्लामा सहमति नभएको खण्डमा प्रदेशमा उम्मेदवारको विवरण पठाउने र प्रदेशले एक जनालाई छनोट गर्छ,’ रेग्मीले भने ।










